प्रिमियर लिगमा चेल्सी, टटनह्याम र एभर्टनको जित



ईङलिश प्रिमियर लिग फुटबलको पछिल्ला खेलमा चेल्सी, टटनह्याम र एभर्टन विजयी भएका छन् । तीनै टोलीले आ आफ्ना प्रतिद्धन्दीलाई समान एक शुन्यले पराजित गरे ।

साविक विजेता लिभरपुललाई उसैको मैदानमा हराउदै चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ । एन्फिल्डमा चेल्सीलाई संर्घषपुर्ण जित दिलाउन खेलको ४२ औ मिनेटमा मासन माउण्टले गरेको गोल निर्णायक बन्यो ।

चेल्सीमाथी केहि दबाव बनाएपनि लिभरपुलका केहि अवसर खेर गएका थिए । बल पोजिशनमा पछि परेपछि चेल्सीले लिभरपुलको पोष्टमा लगातार आक्रमण गरेको थियो । २७ खेलबाट चेल्सी ४७ अंकमा तालिकाको चौथो स्थानमा पुगेको हो ।

फुल्ह्यामलाई हराएको टटनह्याम ४२ अंकमा तालिकाको सातौ स्थानमा छ । टटनह्यामलाई महत्वपुर्ण जित दिलाउन खेलको १९ औ मिनेटमा पाएको उपहार गोल नै पर्याप्त बन्यो । वेष्टब्रोमलाई हराएको एभर्टन शीर्ष पाँचमा पुगेको छ । वेष्टब्रोमको मैदानमा एभर्टनलाई जिताउन ६५ औ मिनेटमा रिचार्लीसनले गरेको एकमात्र गोल निर्णायक बन्यो । एभर्टन २६ खेलबाट ४६ अंकमा तालिकाको पाँचौ स्थानमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप

वीर गणेशमान सिंह ट्वान्टी टि २० क्रिकेटमा लुम्बिनीको जित

काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले

राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा