सेभियालाई ३–० ले हराउदै बार्सिलोना फाईनलमा



बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाईनलमा प्रबेश गरेको छ । गएराती भएको सेमिफाईनलको दोस्रो लेगमा सेभियालाई ३–० ले हराउदै बार्साले उपाधि यात्रा तय गरेको हो ।

घरेलु मैदानमा ९ खेलाडीमा सिमित सेभियाबिरुद्ध बार्साले उत्कृष्ट पुनरागमन गरेको हो । पहिलो लेगमा सेभिया २–० ले विजयी भएको थियो । दोस्रो लेगमा बार्साले ३–० को नतिजा निकालेसंगै समग्रमा उ ३–२ ले विजयी बन्यो ।

बार्सालाई जिताउन ओस्मान डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रथेवेटले गोल गरे । खेलको १२औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ७३ औँ मिनेटमा सेभियाले पेनाल्टीको मौका पाएको थियो, तर लुकास ओक्याम्पस त्यसमा चुकेपछि सेभिया पछि परेको हो । इन्ज्युरी समयमा फेर्नान्डोले रातो कार्ड पाएपछि सेभिल्ला दस खेलाडीमा सीमित बन्यो । त्यसको दुई मिनेट नबित्दै पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

पिकेको गोलपछि समग्रमा २–२ को बराबरी भएका कारण खेल अतिरिक्त समयमा धकेलियो । त्यसपछि ९५ औँ ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको र समग्रमा ३–२ गोलको अग्रता दिलाए । खेलको १०३ औँ मिनेटमा लुक डी योङले रातो कार्ड पाएपछि सेभिल्ला नौ खेलाडीमा सीमित भएको थियो । यद्यपी त्यसपछिको समय कुनै टोलीले थप गोल गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त