‘बी’ डिभिजन लिगमा बाँसबारी क्लब विजयी



काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गरे । उनले खेलको ४७औँ मिनेटमा पहिलो गोल गरेका थिए ।

सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल गरेका हुन् । जीतसँगै बाँसबारीले आठ खेलमा १८ अङ्क जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । यस्तै आठ खेलमा दुई अङ्क मात्र जोडेको पुल्चोक स्पोर्टस् क्लब लिगको पुछारमा रहेको छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । घरेलु मैदानमा शनिबारदेखि हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको

चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा

चेल्सी र पेरिस सेन्ट जर्मेन पिएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रबेश गरेका छन्

७ गोल भएको खेलमा सेभियाको रोमाञ्चक जित

स्पेनिस ला लिगामा सेभियाले रोमाञ्चक जित हात पारेको छ। सोमबार भएको खेलमा सेभियाले

राष्ट्रिय क्रिकेट टिमको जर्सीको मुख्य प्रायोजक ‘माई सेकेण्ड टिचर’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन माई सेकेण्ड टिचरले प्रायोजन