बी डिभिजन लिगमा सातदोबाटोको अपाराजित यात्रा कायमै



काठमाडौं । श्री भगवती क्लबमाथि १–० को साँघुरो जित निकाल्दै सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सोमबार भएको खेलमा सातदोबाटोको अपराजित यात्रालाई निरन्तरता दिन दोर्जे तामाङको गोल निर्णायक बनेको थियो । पेनाल्टीबाट निर्णायक बनेको गोल खेलको २५औं मिनेटमा भएको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भगवतीका खेलाडीले विपक्षीको बल रोक्ने क्रममा पेनाल्टी क्षेत्रमा ह्यान्ड भएपछि सातदोबाटोलाई पेनाल्टी अवसर मिलेको थियो । दोर्जेले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीको अपराजित यात्रालाई निरन्तरता दिएका हुन् । जितपछि सातदोबाटोको ८ खेलबाट २२ अंक जोडेको छ । पराजित भगवतीको ८ खेलबाट ६ अंक भएको छ ।

‘बी’ डिभिजिन लिग अन्तर्गत सोमबारकै अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले पनि टुसाल युथ क्लबमाथि १–० को साँघुरो जित निकालेको छ ।

एन्फा कम्प्लेक्सकै मैदानमा सम्पन्न दिनको पहिलो खेलमा आरसिटीलाई हराउन ७३औं मिनेटमा अजित गुरुङले गरेको गोल निर्णायक बनेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबै टोलीले केही राम्रा अवसरहरु सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए ।
रोमाञ्चक जित निकालेको आरसिटी लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । आरसिटीको ८ खेलबाट १२ अंक भएको छ । उता पराजित टुसालको समान ८ खेलबाट ८ अंक नै छ । टुसाल सातौं स्थानमा छ ।

लिगमा मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेल मध्यपुर युथ एसोसियसन र श्री कुमारी क्लब तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबबीच हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटमा बागमती र मधेशको जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

सिमकोट  । हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित  कर्णाली किड्स कप– २०८१ को उपाधि छत्रपाल

नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल

धनकुटालाई हराउँदै खोटाङ भगवती क्बल भोजपुर गोल्डकपको सेमिफाइनलमा

  भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार