ला लिगामा भियारियलबिरुद्ध एट्लेटिको मड्रिडको सहज जित



स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा एटलेटिको मड्रिड, ग्रनाडा र रियल बेटिस विजयी भएका छन् ।

गएराती भियारियललाई २–० ले हराउँदै एट्लेटिको मड्रिडले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको हो । भियारियललको मैदानमा एट्लेटिकोलाई जिताउन जोल जाओ फेलिक्सले गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । खेलको २५ औ मिनेटमा एल्फान्सो पेडरजले आत्मघाती गोल गरेपछि खेलमा एट्लेटिको मड्रिले अग्रता बनाएको थियो । फेलिक्सले ६९ औ मिनेटमा अर्को गोल गर्दै टोलीलाई जित दिलाए ।

सन् २०१३–२०१४ यता पहिलो लिग उपाधि जित्ने अभियानमा रहेको एटलेटिको यो जितपछि अझ मजबुत भएको छ । उसको २४ खेलबाट ५८ अंक भएको छ । गएरातीका अन्य खेलमा रियल बेटिसले काडिजलाई १–० र ग्रनाडाले एल्चेलाई २–१ ले पराजित गरे । सेल्टा डि भिगो र रियल भालाडोलिडले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय