च्याम्पियन्स लिगमा एटलान्टाबिरुद्ध रियलको संघर्षपुर्ण जित



रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा संर्घषपुर्ण जित निकालेको छ । गएराती भएको अन्तिम १६ को पहिलो लेगमा १० खेलाडीमा सिमित एटलान्टालाई १–० ले हराउदै रियलले क्वार्टफाईनल प्रबेशको संभावना बलियो बनाएको हो ।

इटालीको बेर्गामोस्थित गेविस स्टेडियममा रियलका लागि फेर्लान मेन्डीले खेलको अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो । खेलको १७ औ मिनेटमा एटलान्टाका रेमो रुलर रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि खेलको सुरुवातमै एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो ।

रियलले र एटलान्टाले पहिलोपटक एक–अर्काको सामना गरेका हुन् । जितसँगै रियलले क्वार्टरफाइनल यात्रा सहज बनाएको छ । यी दुई टोलीबिचको दोस्रो लेगको खेल रियलको मैदानमा १६ मार्चमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)

तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टन प्रतियोगिता

  झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय पुरुष

सरकारद्वारा पेरिस पारा ओलम्पिकमा पदक विजेता पलेशालाई ६५ लाख नगद पुरस्कार प्रदान

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक

मधेस प्रिमियर लिगमा मुख्यमन्त्रीको चासो, क्यान पदाधिकारीसँग छलफल

जनकपुर । क्रिकेट खेलको लोकप्रियता र प्रतिष्ठासँगै यसको बृहत् व्यावसायिकतालाई दृष्टिगत गरी मधेस