नेपाली सेनाको आयोजनामा ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ हुने



काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ बसेरीदेखि भोटेकोशी गाउँपालिका–३ दुगुनागढीसम्म ‘लिस्तीकोट– दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ । आगामी सेना दिवसका उपलक्ष्यमा गोरखबक्स गणका पहलमा यही फागुन २४ गते सो प्रतियोगिता हुन लागेको हो ।

सोही क्षेत्रका गौरव दुगुनागढीको ऐतिहासिक महत्व एवं लिस्तीकोटको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गर्न, पर्यटकीयस्थलका रूपमा विकास गर्न र सैनिक नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

दौड प्रतियोगिता सञ्चालन हुने दिनका लागि प्रत्येक खेलाडीको  १० लाख बराबरको दुर्घटना बीमा गरिनेछ । कूल २१.२१ किमी दूरीको उक्त प्रतियोगितामा खुल्लातर्फ प्रथम हुुनेलाई एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितमा द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने धावकले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुनेलाई २० हजार प्रदान गरिनेछ ।

उक्त कार्यक्रममा मुख्य आमन्त्रित व्यक्तिका रुपमा अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर र मीरा राई उपस्थित हुनुहुने निर्देशनालयले जनाएको छ । सरकारी कार्यालय, बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, व्यापार व्यवसायी तथा सङ्घसंस्थासँगको समन्वयमा सेनाले उक्त दौड प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

सिन्धुपाल्चोकवासीलाई पनि प्रोत्साहन होस् भनी उक्त प्रतियोगितामा जिल्लाबाट प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगरसहित प्रमाणपत्र प्रदान गरिनेछ । सेनाले शिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । प्रतियोगितामा करीब २०० धावकको सहभागिता हुने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ

नेपालसामु हङकङको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ ।  एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

  काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको