एपिएफलाई राष्ट्रिय महिला लिगको उपाधि



काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले बुधबार महिला राष्ट्रिय लिगमा १–१ को बराबरी खेलेसँगै अर्को एपिएफले दुई खेल अगावै उपाधि उचाल्न सफल भएको छ ।

बुधबारै भएको अर्को खेलमा च्याम्पियन एपिएफले विराटनगरलाई पराजित गर्दा राष्ट्रिय लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा आर्मीले पुलिससँग १–१ गोलको बराबरी खेल्दा एपिएफले उपाधि उचाल्ने गणित पूरा भएको हो । यद्यपि बुधबारै भएको खेलमा एपिएफले विराटनगरलाई १–० ले पराजित गर्दा जारी लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

राष्ट्रिय महिला लिगको उपाधि उचालेको एपिएफको सुखद नतिजालाई निरन्तरता दिन अनिता केसीले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले दोस्रो हाफमा मात्र गोल गर्न सफल भएको थियो ।

यस अघि पहिलो खेलमा आर्मीकी पुनम जर्गा मगरले १७औं मिनेटमा आत्मघाती गोल गरे पछि पुलिसले खेलमा सुरुआती अग्रता पाएको थियो । अमृता जैशीले हेड गरेको बललाई पुनम रोक्ने प्रयास गर्दा बल गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा अग्रता पाएको पुलिसल दोस्रो हाफमा भने अग्रतालाई कायम राख्न सकेन । ५५औं मिनेटमा आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि आर्मीले स्पष्ट जितका लागि आधा दर्जन प्रयास गरे पनि सफल हुन सकेनन् र दुबै टोलीले अंक बाँडे । बराबरीसँगै आर्मीको उपाधि यात्रा समाप्त हुँदा एपिएफले उपाधि उचाल्न सफल भएको थियो ।

लिगमा बिहीबार वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमाथि एपिएफको ८–० को जित

  काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा

आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमनसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ

ऐतिहासिक कास्य पदक विजेता पलेशा सम्मानित

  काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य पदक

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

  मिलान । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर