प्रिमियर लिगमा चेल्सीको सहज जित



चेल्सीले ईङलिश प्रिमियर लिगमा सहज जित निकालेको छ । २४ औ चरणको खेलमा गएराती न्यु क्यासल युनाईटेडलाई २–० ले हराउदै चेल्सी तालिकाको चौथो स्थानमा पुगेको हो ।

स्टाम्पफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन ओलिभर जिराउड र टिमो वेर्नरले गोल गरे । ३१ औ मिनेटमा जिराउडको गोलमा अग्रता बनाएको चेल्सीका लागि बेर्नरले ३९ औ मिनेटमा अर्को गोल थपेका थिए । खेलको पहिलो हाफमै २–० को अग्रता बनाएको चेल्सीले पाहुना टोलीलाई अधिकांश समय दबावमा राखेपनि थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । २४ खेलबाट ४२ अंक जोडेको चेल्सी यो जितसंगै तालिकाको चौथो स्थानमा उक्लिएको हो ।

गएराती नै सेफिल्ड युनाईटेडलाई ३–० ले हराउदै वेष्टह्याम युनाईटेड पाँचौ स्थानमा पुगेको छ । पहिलो हाफमा १–० को अग्रता लिएको वेष्टह्यामले दोस्रो हाफमा २ गोल थप्दै सहज जित हात पारेको हो । २४ खेलबाट वेष्टह्याम युनाईटेड ४२ अंकसंहित तालिकाको पाँचौ स्थानमा पुगेको हो । चौथो स्थानको चेल्सीसंग अंक बराबरी भएपनि वेष्टह्याम गोल अन्तरमा पछि परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय महिला भलिबलमा पुलिस र एपिएफ फाइनलमा

कास्की । पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई

काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता आइतबारदेखि

काठमाडौं ।  काठमाडौं महानगरपालिका– २६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता– २०८२’

नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने भएको छ । नेपाल

राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन नयाँ जुनियरमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ । पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार एथलेटिक्समा चार नयाँ