प्रिमियर लिगमा म्यान युनाईटेडको बराबरी,आर्सनलको शानदार जित



ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर युनाईटेड बराबरीमा रोकिएको छ । उपाधि होडमा रहेको युनाईटेड वेष्टब्रोमसंग एक एक गोलको बराबरीमा रोकिएको हो ।

वेष्टब्रोमको मैदानमा दोस्रो मिनेटमै १–० ले पछि परेको अवस्था उल्टाउदै म्यान युनाईटेडले अंक खोसेको हो । खेलको दोस्रो मिनेटमै एम्बाए डिग्नेको गोलमा वेष्टब्रोमले अग्रता बनाएको थियो । ४४ औ मिनेटमा बुर्नो फर्नाण्डेजले गोल गर्दै युनाईटेडलाई बराबरीमा पुर्याएका हुन् । घरेलु टोलीलाई अधिकांश समय दबावमा राखेपनि आधा दर्जन प्रयास असफल बन्दा युनाईटेड अंक बाँड्न बाध्य भयो । २४ खेलबाट ४६ अंक जोडेको युनाईटेडले समान अंक भएको लेष्टरलाई गोल अन्तरले पछि पार्दै दोस्रो स्थानमा पुगेको हो ।

गएराती नै आर्सनलले लिड्स युनाईटेडलाई ४–२ गोल अन्तरले पराजित गर्यो । यो जितले आर्सनललाई तालिकाको १० औ स्थानमा पुर्याएको छ । आर्सन्ललाई जिताउन पिरे एमेरिक आबुमियाङले ह्याट्रिक गरे । अर्को गोल हेक्टर बेल्लेरिनको नाममा रह्यो । १३ औ मिनेटमा पहिलो गोल गरेका आबुमियाङले ४१ र ४७ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

२४ खेलबाट आर्सनलको ३४ अंक भएको छ ।अन्य खेलहरुमा वुल्भरहेम्प्टनले साउथ हेम्प्टनलाई २–१ तथा फुल्ह्यामले एभर्टनलाई २–० ले पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय महिला भलिबलमा पुलिस र एपिएफ फाइनलमा

कास्की । पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई

काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता आइतबारदेखि

काठमाडौं ।  काठमाडौं महानगरपालिका– २६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता– २०८२’

नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने भएको छ । नेपाल

राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन नयाँ जुनियरमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ । पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार एथलेटिक्समा चार नयाँ