इटालियन सिरी ‘ए’ मा युभेन्टस र मिलान स्तब्ध



इटालियन सिरी ए फुटबलको लिग लिडर एसी मिलानपछिल्लो खेलमा स्पेजियासँग पराजित भएको छ । स्पेजियाको मैदानमा गएरती भएको खेलमा एसी मिलान २–० ले स्तब्ध भएको हो ।

घरेलु मैदानमा स्पेजियालाई जिताउन जिउलियो मागिओरे र सिमोन बास्टोनीले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औँ मिनेटमा मागिओरेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

६७ औँ मिनेटमा बास्टोनीले गोल गर्दै स्पेजियालाई जित दिलाए । यो जितले स्पेजियालाई २४ अंकमा तालिकाको १४ औ स्थानमा पुर्याएको छ । हारका बाबजुत पनि मिलान ४९ अङ्कमा तालिकाको शीर्ष स्थानमा कायम छ ।

गएराती नै साविक विजेता युभेन्टस नापोलीसंग १–० ले स्तब्ध भएको छ । लोरेन्जो ईन्सीग्नेले ३१ औ मिनेटमा पेनाल्टिमार्फत गरेको गोल नापोलीको जितमा पर्याप्त बनेको थियो । यो जितले नापोलीलाई ४० अंकमा तालिकाको चौथो स्थानमा पुर्याएको छ । युभेन्टस भने ४२ अंकमा तेस्रो स्थानमा कायम छ । टोरिनो र जिनोआले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी यू–१६ क्रिकेट इस्ट कपमा नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

एसिसी पुरुष यु–१६ : नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले नेपाललाई जितको लागि

एसिसी यु–१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै

  काठमाडौँ ।  मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु

काठमाडौँ जिल्लाव्यापी फुटसलमा तारकेश्वर प्रथम

काठमाडौँ । काठमाडौँ जिल्लाव्यापी फुटसल प्रतियोगिताको उपाधि तारकेश्वर नगरपालिकाले हात पारेको छ ।