राष्ट्रिय महिला फुटबल लिगमा चन्द्रपुर र वालिङ विजयी



काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आइतबार सम्पन्न खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेल चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गरेको हो । चन्द्रपुरका लागि निर्णायक गोल रजनी थोकरले गरेकी हुन् । दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलमा ७०औँ मिनेटमा थोकरले चन्द्रपुरका लागि गोल गरेकी हुन् ।

जीतसँगै चन्द्रपुरले सात खेलमा ६ अङ्क बनाएको छ । विराटनगरको सात खेलमा १० अङ्क छ । लिगको आज सम्पन्न दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङ नगरपालिकाले पुलिस क्लबलाई १–० गोलले हराएको हो । वालिङका लागि मेथो रुथले निर्णायक गोल गरेकी हुन् । मध्यान्तरअघिको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ५८औँ मिनेटमा क्यामरुनका खेलाडी रुथले वालिङका लागि एकमात्र निर्णायक गोल गरेकी हुन् ।

जीतसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङको सात खेलमा ११ अङ्क छ । पुलिस आठ अङ्कका साथ लिगको पाँचौँ स्थानमा छ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एपिएफ र चौदण्डीगढी नगरपालिकाबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्दिरालाई स्वर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ की इन्दिरा पराजुलीले काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत टेबलटेनिसको भेट्रान

साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ । यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको