केपी ओलीको शपथ बदर गराउन उपेन्द्र यादवको माग



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गराउन माग गरेका छन् ।

आइतवार विज्ञप्ति जारी गरी अध्यक्ष यादवले राष्ट्रपतिले उच्चारण गराएको शब्द उच्चारण नगर्नुले पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेकोले त्यो शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन माग गरेका हुन् ।

शुक्रवार प्रधानमन्त्रीको सपथग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ‘सत्यनिष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गंभीर आँच पुगेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी विज्ञप्तिमा राजदूत नियुक्तिमा समावेशी सिद्धान्त र मापदण्ड कार्यान्वयन गर्न पनि माग गरिएको छ । विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदूतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटक–पटक राजदूतहरू नियुक्ति गर्दा समावेशी आधारमा नगरेको र त्यस्को मापदण्ड समेत उल्लङ्घन भएको उल्लेख छ।

‘यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेशी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ।’

त्यसैगरी अध्यक्ष यादवले कोभिड महामारीमा स्वास्थ्यकर्मी, डाक्टर अर्थात् आवश्यक जनशक्ति बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधिको यथाशिघ्र व्यवस्था गर्न पनि माग गरेका छन्।

सरकारले जिम्मेवारीपूर्वक आपतकालिन व्यवस्थापन गर्न पर्याप्त ध्यान नदिँदा अस्पतालहरूमा कोभिडका बिरामीहरुका लागि बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधि अभावले जनता अकाल मृत्युवरण भइरहेको यादवको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० सम्म काठमाडौंमा हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन फेरि सरेको छ । बुधबार बसेको

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।

सर्वोच्चको अन्तरिम आदेशको बेवास्ता गर्दै गण्डकीमा अधिवेशन आह्वान गरिएको भन्दै कांग्रेसको आपत्ति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको

सुहाङलाई जिताउन मतदातालाई ओलीको अपील

  इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २