राप्रपाको महाधिवेशन स्थगित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रयको शनिबार बसेको बैठकले कोरोना संक्रमणका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जेठ २२–२५ गतेसम्म काठमाडौँमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।
महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने पनि पार्टीले जनाएको छ । बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ।