एकवर्षमा ११ लाख ४७ हजार विदेशी पर्यटकद्वारा नेपाल भ्रमण



काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए ।

सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

अवैध भरुवा बन्दुकसहित मकवानपुरबाट एकजना पक्राउ

हेटौंडा ।  अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ

करेन्ट लागेर खोटाङमा एकजनाको मृत्यु, एक घाइते

खोटाङ । करेन्ट लागेर गम्भीर घाइते भएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३