महेश बस्नेतविरुद्ध भ्रुण हत्या, बलात्कार र डाँका चोरी प्रकरणमा प्रतिवादी बनाएर जाहेरी



काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ । एमालेकै सदस्यसमेत रहेकी ती महिलाले भ्रुण हत्या, बलात्कार र डाँका चोरी प्रकरणमा प्रतिवादी बनाएर जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले हुलाकमार्फत आएको जाहेरी दर्ता गरिसकेको जानकारी दिए । जाहेरी दिएकी ती महिलाले आफूलाई पटक पटक बलात्कार गरेर बस्नेतले भ्रुण हत्या गर्न बाध्य पारेको जिकिर गरेकी छन् ।

उनले काठमाडौं महानगरपालिका–१० बिजुलीबजारस्थित सनसाइन अपार्टमेन्ट र भारतमासमेत बलात्कार गरेको दाबी गरेकी छन् ।

ती महिलाका अनुसार बस्नेतले आफू पनि आएको भन्दै झुक्याएर दुई जना युवालाई अपार्टमेन्टमा छिराएर कुटपिटसमेत गर्न लगाएका थिए। त्यसपछि आफ्नो साथका दुईवटा मोबाइल र अन्य विद्युतीय सामान लगेको दाबी उनले गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै, खुम्बु हिमनदी छोटिँदै

  सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष

अख्तियारद्वारा कपिलवस्तु मालपोतका नायब सुब्बा ३० हजार घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित पक्राउ परेका

युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा