महरालाई लुम्बिनीको मुख्यमन्त्री बनाउन दलहरूबीच पाँच बुँदे सहमति


लुम्बिनी । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन दलहरूबीच पाँच बुँदे सहमति भएको छ । माओवादी, नेकपा (एमाले), जसपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्ग बस्नेतले महरालाई मुख्यमन्त्री बनाउनेसहित सहमतिमा हस्ताक्षर गरेका छन् ।

लुम्बिनीमा अहिले नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । उनले बहुमत जुटाउन नसक्ने देखेपछि पदबाट राजीनामा दिने तयारी गरेका छन् । संघीय सरकार बनाएको गठबन्धनका दलहरू नयाँ मुख्यमन्त्री महरालाई बनाउन सहमत भएका हुन्।