न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि उच्च अदालतले गरेको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउने आदेश दिएको हो ।

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीकी पत्नीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् ।

काठमाडौं जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले थुनाबाहिरै रहेर मुद्दाको प्रतिवाद गर्ने छुट दिएको थियो । उच्च अदालतको त्यो आदेश बदर गरी सर्वोच्चले थुनामै पठाउने आदेश दिएको हो ।

उच्च अदालतको आदेशविरूद्धको निवेदनमा बुधबार सुनुवाइ भइरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष पिएकी थिइन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन राष्ट्रिय निकुञ्जमा दश महिनामा २१ गैँडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक

डढेलोबाट रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

मन्थली (रामेछाप) । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा

९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुई जनालई पक्राउ गरेको छ