व्यापारीसँग सुन लिने डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर



काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) केसीलाई दुई वर्ष कैदसहित नौ लाख ५० हजार जरिवानाको फैसला गरेको हो ।

डीएसपी केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५, हाटबजारका व्यवसायीबाट चार तोला २१ लाल सात प्वाइन्ट सुन लगेका थिए ।

उनले ती व्यवसायीलई कार्यालयमा बोलाएर आफैँले सुन जिम्मा लगाएको कागज गराएका थिए । डीएसपी केसीले अन्य व्यक्तिमार्फत मोलमोलाई गरी आठ लाख ५० हजार नगद र नौ लाख ५० हजार रुपैयाँको चेक समेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १३ गते विशेष अदालतमा मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको घट्टेखोलामा चौँरी मेला

मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ

संविधानको रक्षाका लागि गणतन्त्र पक्षधर शक्तिलाई गोलबन्द गर्न ओली, देउवा र प्रचण्ड सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान

वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन

भक्तपुर ।अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको

नेपाल बारलाई राजनीतिबाट मुक्त गराउँछौंः अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनमा प्रा डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार