स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, वायोमेडिकल इन्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठ, मेडिकल व्यवसायी विशाल पण्डित र मनोजकुमार आचार्यविरुद्ध २ करोड ९८ लाख ६६० हजार ५० रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूले कोशी अस्पताल कोभिड– १९ केन्द्र विराटनगरमा हाई डिपेन्डेन्सी युनिट जडान तथा सञ्चालन गर्न सामग्री खरिदका लागि स्वास्थ्य निर्देशनालय धनकुटाले आह्वान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनोट नगरेको, अस्वभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने/गराउने कार्य गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२२ महिनामा पनि बन्न नसकेको कास्कीको हरिचोक–याम्दीको दुई किलोमिटर सडक

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको

सरकारले गृहमन्त्रीलाई जोगाउन संसदीय समिति बनाउन नचाहेको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसदीय गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन नदिने

सदनको गतिरोध हटाउन प्रधानमन्त्रीले गरे सत्तारुढ दलका नेतासँग अनौपचारिक संवाद

काठमाडौँ । सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा

संसदको अवरोध हटाउन छिटो राष्ट्रिय सहमति गर्नुपर्छः प्रवक्ता सापकोटा

मलेखु (धादिङ) । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन