कांग्रेसले मंगलबारका लागि बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न चैत्र २० गते मंगलबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गरी कार्य सम्पादन समितिको बैठकबारे जानकारी गराएका हुन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ । आगामी वैैशाख १५ गते इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्य चयनका लागि उपनिर्वाचनको मिति तय भएपनि कांग्रेसले आफ्नो उम्मेदवार चयन गरेको छैन ।