प्रचण्ड, देउवा र ओली बालुवाटारमा छलफलमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र संवैधानिक परिषद्को बैठकबारे छलफलका लागि देउवा र ओलीलाई बालुवाटार बोलाएका हुन् ।

संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा विधेयक संसदीय समितिमा पारित हुने अवस्थामा पुगेका छन् । ती विधेयक समितिबाट पारित हुनै लाग्दा सत्ता गठबन्धनमा परिवर्तन आएपछि कांग्रेसले विधेयकमाथि अडान लिँदै आएको छ ।

नयाँ सत्ता गठबन्धन बनेपछि यी तीन शीर्ष नेताबीच पहिलोपटक संयुक्त बैठक भएको हो । यस्तै बैठकमा संसदमा कांग्रेसले गरिरहेको अवरोधबारे पनि छलफल हुने जनाइएको छ । कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखी संसद बैठक अवरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीको जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

धनगढी । कैलाली जिल्लाको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा शनिबार पाटेबाघ मृत

निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारीप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको

मुस्ताङको घट्टेखोलामा चौँरी मेला

मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ

वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन

भक्तपुर ।अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको