भारतीय नागरिक सोनीविरुद्ध साढे दुई अर्ब राजश्व छली गरेको अभियोगमा मुद्दा दायर



काठमाडौं । एक भारतीयले नेपाली नागरिकता बनाएर झण्डै साढे दुई अर्बको राजश्व छली गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित सोनी ज्वेलर्स तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका सञ्चालक सुनिल सोनीले यसरी राजश्व छली गरेका हुन् ।

उनले सुनिल सुनारको नाममा नेपाली नागरिकता समेत लिएको भेटिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उक्त घटनामा सोनी र मतियार अमित परियारसमेत विरुद्ध सुन चाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेकोे मैनालीले जानकारी दिए ।

उनीहरु विरुद्ध दुई अर्ब ३९ करोड ५५ लाख विगो असुल गरी जरिवाना र कैद सजायको मागदावी लिई आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दर्ता गरिएको हो । उनलाई विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान कार्यालय बुटबलबाट खटिएको टोलीले असार ३० गते पक्राउ गरेको थियो ।

सोनीले सुन, चाँदीको अवैध आयात निर्यात तथा बिक्री कारोबार गर्ने गरेको तथा मोवाइलको माध्यमबाट विभिन्न व्यक्तिसँग कारोबार गर्ने गरेको खुलेको छ ।

अनुसन्धानका क्रममा उनले बैंक तथा भन्सार विन्दुबाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रुपमा विक्री गर्ने र सो बाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिलाई भुक्तानी दिने गरेको पाइएको मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषामा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दाबढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा

काठमाडौँको सुनधारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँस्थित सुनधारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको

बजेटबारे चेम्बरले दियो सरकारलाई १०१ सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय

तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू