काठमाडौंमा यसरी बिक्री गरिन्छ मिति सच्याएर म्याद गुज्रिएका खाद्य सामग्री



काठमाडौँ । काठमाडौं उपत्यकामा म्याद गुज्रिएका खाद्य सामग्रीको मिति सच्याएर बजारमा विक्री गर्ने गरेको पाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखा, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले राजधानीका दुई वटा वितरकका गोदाममा छापा मारी रिलेभलिङ गर्ने र स्टीकर बनाउने मेसिन बरामद गरेको हो ।

उनीहरुले स्निकर्स चकलेट, ओरियो बिस्कुट, बर्न भिटालगायतमा सामग्रीको रिलेभलिङ गर्ने गरेको पाइएको हो । मेसिनद्वारा खाद्य सामग्रीको कभरमा मिति परिवर्तन हुने गरेको महाशाखाले जनाएको छ । काठमाडौँ महानगरपालिका–१४ कलंकी लिङकरोडमा रहेको आयान डिस्ट्रब्युटर्स र एमाजन डिस्ट्रिब्युटर्समा छापा मारिएको थियो ।

पक्राउ पर्नेमा झापाको चन्द्रगढी घर भएकी ६३ वर्षीया पुष्पादेवी अग्रवाल, भारतको राजस्थान घर भएका ३५ वर्षीय रोनक बोथ्रा, रौतहटका २७ वर्षीय मुन्ना ठाकुर र २७ वर्षीय पप्पुकुमार ठाकुर रहेका छन् । यसैगरि महोत्तरीका ४३ वर्षीय श्यामप्रसाद सिंह, धादिङका २६ वर्षीय रामबहादुर बयलकोटी , १८ वर्षीय सिताराम उपरकोटी र २४ वर्षीय दिलिप थापामगर पनि पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी