सिन्धुपाल्चोकको लिदीमा पहिरोमा पुरिएर ३८ बेपत्ता, ३५ घरमा क्षति



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । पहिरोले ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ । घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिरोले पुरिएकाहरुको खोजी शुरु भएको छ । पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

सिन्धुपाल्चोकको लिदिमा भीषण पहिरो, १३ घर पुरिए

सिन्धुपाल्चोक पहिरोः तीन घरका २१ पुरिए, तीन गम्भीरसहित पाँच जनाको उद्दार

बेपत्ता हुनेको सूची
१.छविलाल दोङ
२.सोमरानी दोङ
३.धनलक्ष्मी
४.शिरमाया दोङ
५.विवरानी दोङ
६.साहिँली दोङ
७.बिबी लक्ष्मी
८.सानुकान्छा
९.साङलामो दोङ
१०सोनाम दोङ
११.हिरा भक्ति
१२.जीते झाँक्री
१३.सानुकान्छी दोङ(गर्भवती)
१४.दिन्दुस दोङ
१५.सुरज दोङ
१६.करेसमाई दोङ
१७.च्यामा दोङ
१८सानु दोङ
१९.टीकामाई दोङ
२०.छिरिङ दोङ
२१.मानबहादुर दोङ
२२.जयबहादुर दोङ
२३.प्रिया दोङ
२४.प्रीति दोङ
२५.कान्छी दोङ
२६.सानुकान्छी दोङ
२७.वाङ्ची लामा दोङ
२८.धनमाया तामाङ दोङ
२९.रेनिस दोङ
३०.मेकमाई दोङ
३१.मिलन दोङ
३२.विमला दोङ
३३.माइला पराङ
३४.प्रकाश दोङ
३५.साइली दोङ
३६.आयुश दोङ
३७.सुवास तामाङ
३८.टीकामाई दोङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर