काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने जनाएको हो ।
यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो । छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले थप एक दिन बिदा दिइएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया