सुडान काण्डका मुख्य अभियुक्त शम्भु भारती सर्वोच्चको आदेशमा जेलमुक्त



काठमाडौं । नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय मिसनको सामग्री खरिदमा भ्रष्टचारी ठहर भएका मुख्य अभियुक्त शम्भु भारती सर्वाेच्च अदालतको आदेशले जेलमुक्त भएका छन् ।

अदालतले भारतीलाई कारागारबाहिरै बसेर मुद्दा लड्ने सुविधा दिएपछि उनी जेलमुक्त भएका हुन्। उनले सर्वाेच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए ।

भारतीलाई सर्वोच्च अदालतले सो काण्डमा दोषी ठहर गरि १४ करोड २० लाख बिगो र जरिवानासहित १ वर्ष जेल सजाय सुनाएको थियो । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतीलाई गत भदौ १२ मा ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

उनी सदरखोर डिल्लीबजारमा रहँदै आएका थिए । सर्वोच्च अदालतले कमसल सामान खरिद गरी भ्रष्टाचार गरेको भन्दै उनलाई १४ करोड २० हजार ८ हजार ३ रुपैयाँ जरिवाना गरी त्यति नै बिगो प्रहरी कल्याण कोषले निजबाट भराई लिने फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

तपाईंले बौद्ध धर्म, दर्शन र साहित्य पढ्नुभएन भने लुम्बिनीमात्रै बुद्धभूमि हो जस्तो लाग्छ

नारायण गाउँले । गौतम बुद्धको भूगोल मूलतः नेपालको लुम्बिनी अञ्चलदेखि भारतको उत्तरप्रदेश र

हामी ज्ञानी छौं भन्ने अज्ञानता र भ्रम हाम्रो मुख्य सत्रु हो

डा. युवराज संग्रौला । अब यो लोकतन्त्रको प्राण छैन । हाम्रो जस्तो आर्थिक

दीक्षा, शिक्षा र विद्या

डा. गोविन्दशरण उपाध्याय । आफ्नो गोत्र, बंश, परम्परा तथा मूलसंग जोडिन सुयोग्य गुरू