‘अझै पनि धारा ७६(५)बमोजिम सरकार बनाउन सकिन्छ, सोचौं!’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले भेट गरेको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत भट्टराईले आफूले महाविपत्ति उन्मुख देशलाई निकास दिन व्यक्ति नभई प्रधानमन्त्री ओलीसँग भेट गरेको बताएका हुन् । भट्टराईले उहाँले नमानेपछि यसबारे अरुलाई भनेको बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भनेकै हो । उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ । सोचौं!’
केही दिनअघि भट्टराईले महाविपत्तिसँग राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्छः महामन्त्री थापा

    सुदूरपश्चिम ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

महालेखापरीक्षकमा तोयम रायाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

  काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन

अख्तियारद्वारा डोल्पामा खेल मैदान निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको