प्रधानमन्त्रीज्यू, संविधानप्रतिको आस्था जिवित राख्न भोलि फेरि शपथ लिनुस्



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा गरेको आचरण पद अनुकुल नभएको बताएका छन् ।

शुक्रबार साँझ सामाजिक संजालमार्फत भट्टराईले ‘प्रतिज्ञा गर्छु’भन्ने पदावली ‘त्यो पर्दैन’भन्न मिल्दैन भनेर दोश्रो राष्ट्राध्यक्षलाई अवज्ञा गरेको बताएका हुन् । उनले भनेका छन्, ‘यतिबेला छिद्रान्वेषी बन्नु उपयुक्त हैन । तर पूर्व प्रमको नाताले भन्नैपर्छ प्रम केपी शर्मा ओलीले शपथ ग्रहणको क्रममा गरेको आचरण गरिमामय पद अनुकुल भएन । पहिलो,‘प्रतिज्ञा गर्छु’भन्ने पदावली शपथग्रहणको मुख्य अंश हो ‘त्यो पर्दैन’भन्न मिल्दैन ! दोश्रो, राष्ट्राध्यक्षलाई त्यसरी अवज्ञा गर्न मिल्दैन !’

त्यसैगरी नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनिल पोखरेलले प्रधानमन्त्री ओलीलाई पुन शपथ लिन सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, संविधानप्रतिको आस्था जिवित राख्न भोलि फेरि सपथ लिनुस्, अमेरिकी राष्ट्रपति ओवामाले पनि सपथमा त्रुटी भएका कारण दोहोर्याएर सपथ लिएको इतिहास छ ।’

त्यस्तै मानवअधिकारकर्मी चरण प्रसाइँले यस्तो लेखेका छन् ।

संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि कामचलाउ बनेका ओलीले शुक्रबार दिउँसो फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएका थिए । राष्ट्रपति भण्डारीले ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु…’ भन्दै थिइन्। त्यत्तिकैमा उनलाई ओलीले रोकेका थिए । त्यसक्रममा प्रधानमन्त्रीको सपथ लिइरहेका ओलीले ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठ पूर्वक’ सम्ममात्रै भने। ‘प्रतिज्ञा गर्छु’ चाहिँ भनेनन्। ओलीले शपथको वाक्य पूरा नभनेपछि राष्ट्रपतिले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द दोहोर्याइन् । तर, ओलीले ‘त्यो पर्दैन’ भनेर टार्दिए। देशको यहाँ प्रश्न उब्जिएको छ, प्रधानमन्त्रीले मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु भन्नु पर्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि