ओलीलाई माधव नेपालको जवाफः कर्णाली प्रदेशको ‘फ्लोर क्रस’मा मेरो निर्देशन देख्नु तपाईँको गुटगत दृष्टिको परिणाम



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । बिहीबार वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीलाई स्पष्टीकरणको जवाफ दिएका हुन् ।

जवाफमा वरिष्ठ नेता नेपालले आफूले नयाँ दल खोलेको भन्ने ओलीको आरोप असत्य भएको बताएका छन्। जवाफमा भनिएको छ, ‘सर्वोच्चको आदेशपछि एमालेको सम्पूर्ण संरचनाहरू र तिनका बैठक बस्नेलगायतका सबै क्रियाकलाप पूर्ववत हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ। मेरो यो धारणा सर्वोच्चको फैसलाको निर्देशन अनुरूप छ। तपाईंले यसलाई अनुशासनहीन, अराजक र आपराधिक क्रियाकलाप भनी लाञ्छित गर्नु नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा, पार्टी विधान र पद्दतिका सम्बन्धमा तपाईं स्वंयमा उत्पन्न दृष्टिभ्रम र विचलनको द्योतक हो । पार्टी विधानविपरीत कारबाही गर्ने, केन्द्रीय सदस्य थप्ने र महाधिवेशन आयोजक कमिटी बनाउने कुरा सच्याउनपुर्छ भन्ने मागलाई आपराधिक देख्नु पार्टीविरूद्धको आपराधिक चिन्तन होइन र?’

चैत ४ र ५ गते ललितपुरमा भएको भेला नवौं महाधिवेशनले पारित गरेको राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षाका लागि भएको नेपालले जवाफमा उल्लेख गरेका छन् ।

जवाफमा नेता नेपालले भनेका छन्,‘कर्णाली प्रदेश सरकार विरुद्ध हालै ल्याइएको अविश्वासको प्रस्ताव र त्यस क्रममा घटित घटनाक्रममा तपाईले मेरो “निर्देशन” देख्नु तपाईको गुटगत दृष्टिको परिणाम हो । यससन्दर्भमा केही समय अघि नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भएको समयमा तपाई निकट भनिने व्यक्तिहरुबाट आफ्नै पार्टीका मुख्यमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन गरिएको अभ्यास र तपाई एक्लैले मुख्यमन्त्रीलाई पत्र लेखेर पार्टीमा अराजकताको स्थिति सिर्जना गर्नुभएको तथ्यको स्मरण गर्नुभएको भए हाल उत्पन्न समस्यालाई आफैले छरेको विऊ उमेको महसूश गरेर मलाई आरोपित गर्नुहुने थिएन होला। । तपाईले स्पष्टिकरणका नाममा प्रयोग गर्नुभएका शब्द, वाक्य र आरोपहरु कति झुठा, मर्यादाहीन, उद्दण्ड र उत्तेजक थिए त्यसको हेक्का राख्नु भएको भए मैले त्यस्ता अनुचित कुराहरुको जबाफ दिएकोलाई स्वाभाविक ठान्नुहुन्थ्यो होला । तर तपाईमा रहेको दम्भ र संकर्ण गुटगत चिन्तनले तपाईलाई त्यसो गर्नदिदैन भन्ने कुरा बुझ्न सकिन्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले रविको नाम राखेर संसदीय समिति नबन्ने बताएपछि जुटने कार्यदलमा सहमति

काठमाडौं । सहकारी प्रकरणमा छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन गठित

हाम्रो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै हुँदैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत

२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख

संसदीय छानबिन समितिको टीओआरमा रविको नाम राख्नुपर्ने कांग्रेसको अडान, सत्तापक्ष राख्न नहुने पक्षमा

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशबारे सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको छैन