सामथ्र्य नभएका निर्माण कम्पनीलाई ठेक्का नदिन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने र क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीसँग ठेक्का सम्झौता नगर्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयगत चौमासिक समीक्षा वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामथ्र्य नभएका निर्माण कम्पनीहरुलाई ठेक्का नदिन निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आगामी १५ दिनभित्र सम्पूर्ण ठेक्काको विवरण तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।

उनले धेरै ठेक्का लिएर काम अलपत्र पार्नेलाई अयोग्य बनाउँदै त्यस्ता ठेकेदारलाई हटाई अर्को सक्षमलाई जिम्मेवारी दिइनुपर्ने बताए । त्यस्तै प्रधानमन्त्रीले अनुदान रकमको सम्पूर्ण विवरण बुझाउन सबै मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले नीति एकातर्फ, बजेट अर्कोतर्फ र कार्यक्रम अर्कोतर्फ रहेको प्रवृत्तिकाबारेमा औंल्याउदै स्रोत निश्चित नभएका, नीति तथा कार्यक्रम र बजेटमा नपरेका परियोजनामा खर्च गर्ने तथा बजेट विनियोजन भएका कार्यक्रमका रकम अलपत्र पार्ने प्रवृत्ति दोहोरिन नदिन सजग रहन सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्मचारीको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

काठमाडौं । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ

२० वटा संस्था खारेज गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २०

यो राजाको शासन होइन, गणतन्त्र हो, यहाँ कानून चल्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सत्ताका लागि सबै थोक गर्छ