आगामी मंसिरमा काठमाडौंमा ऊर्जा शिखर सम्मेलन हुने



काठमाडौं । नेपालमा आगामी मंसीर ५ र ६ गते ‘ऊर्जा शिखर सम्मेलन’ आयोजना हुने भएको छ । .स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिखर सम्मेलन आयोजना हुने औपचारिक जानकारी गराएको हो ।

नेपालको उर्जाको उत्पादन, बजारीकरण र त्यसका लागि आवश्यक बाह्य लगानी जुटाउने मुख्य उद्देश्यका साथ यो शिखर सम्मेलन आयोजना गर्न लागिएको इप्पानका वरिष्ठ उपाध्यक्ष कुमार पाण्डेले जानकारी दिए ।

काठमाडौंमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ । शिखर सम्मेलनमा भारत, बंगलादेश, चीन, क्यानडा, नेदरल्याण्ड, बेलायत, अमेरिका तथा जापानसहित विभिन्न देशका ७ सय भन्दा बढी उर्जा क्षेत्र विज्ञहरु सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब बजेट

  काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश

आयोजनाको सबै विवरण एकै ठाउँमा ल्याउन एकीकृत सूचना प्रणाली विकास गरिने

काठमाडौं । सरकारले निर्माण व्यवसायलाई सक्षम, पारदर्शी र व्यवस्थित बनाउन एकीकृत सूचना प्रणाली

यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै

कर्मचारीको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

काठमाडौं । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ