विश्व

भारत नियन्त्रित काश्मिरमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

नयाँ दिल्ली । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु बाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ