खेलकुद

एसियन कप छनोटमा नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत बिहीबार भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो ।