खेलकुद

पर्वतका अनिष थापामगरलाई चौथो पटक लिगलिगे दौडको उपाधि

गोरखा । दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले जितेका छन् । गोरखाको पालुङटारमा बिहीबार भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगर चौथो पटक उपाधि जित्न सफल भएका हुन् ।