खेलकुद

क्यानद्वारा क्वालिफायरका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने टी–२० विश्वकप ग्लोबल क्वालिफायरको बन्द प्रशिक्षणका लागि पहिलो चरणमा ३० खेलाडी छनोट गरेको छ । छनोट समितिले बिहीबार मुख्य प्रशिक्षक पुबुदु दासानायकेसंग सहकार्यमा ३० खेलाडी छनोट गरेको क्यानले जनाएको छ ।