खेलकुद

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा फुटबलका पूर्वप्रशिक्षक खड्काविरूद्ध मुद्दा दायर

काठमाडौं । नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरी प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्ति लिएको आरोपमा खड्काविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दायर गरेको हो ।