सुरक्षा

नागरिकप्रति उत्तरदायी भई सेवा प्रवाह गर्न एआइजी पालको निर्देशन

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले आमनागरिकलाई गरिने व्यवहारले नै नागरिकले प्रहरीप्रतिको धारणा बनाउने हुनाले आमनागरिकप्रति उत्तरदायी भई सेवा प्रवाह गर्नु पर्ने बताएका छन् । महानगरीय प्रहरी कार्यालयको आयोजनामा शुक्रबार मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै यस्तो बताएका हुन् ।