अर्थ

६ महिनामा प्राधिकरणले कमायो १५ अर्ब ३६ करोड नाफा

काठमाडौँ। सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ । प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज