बागमती । हेटौँडा औद्यागिक क्षेत्रभित्रका बक्यौता तिर्न बाँकी उद्योगहरूमध्ये केही उद्योगबाट चार करोड बक्यौता रकम सङ्कलन भएको छ ।
बक्यौता तिर्न बाँकी उद्योगहरूको लाइन काट्न थालिएसँगै उद्योगीहरूले रकम बुझाएर पुनःलाइन जोड्न थालेसँगै उक्त बक्यौता रकम सङ्कलन भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए । उनका अनुुसार कार्यालयले हालसम्म करिब ६० उद्योगको विद्युत् लाइन काटेकामा बक्यौता रकम बुझाउन आउने उद्योगको पुनः लाइन जोड्ने काम पनि भइरहेको छ ।
लाइन काट्ने काम जारी रहने उल्लेख गर्दै सूचना अधिकारी भण्डारीले शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण सोमबारदेखि मात्रै उक्त कार्यलाई निरन्तरता दिइने बताए ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका साना ठूला गरी कूल १३१ वटा उद्योगको बक्यौता तिर्न बाँकी करिब १३ करोड रहेको र बक्यौता रकम नबुझाएका सबै उद्योगको विद्युत् लाइन काटिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया