काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ । छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मल्य ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया