चिसो विहानीको पिरो सोच



डा. गोविन्दशरण उपाध्याय

हिजो बाटो हिड्दै गर्दा अचानक एउटा दृश्यले मेरो ध्यानाकर्षण गर्यो | एकजना युवतिले एउटा प्राचीन मन्दिरको मूर्तिको मुखमा लड्डु कोचाइ रहेकी थिइन् | मन्दिरको सानो थियो तर निकै प्राचीन थियो | मूर्तिहरू पनि निकै पुराना नै हुनुपर्छ | मन्दिर भत्किएको थियो, फोहोरले दुर्गन्धित भैरहेको थियो | देवमूर्तिमा पोतिएको “अवीर”ले मूर्तिको शरीरलाई चिरेर पाप्रा निकालीरहेको थियो | पूजा गर्नेहरूका लागि भत्केको मन्दिर, फोहोर, चिरिएको मूर्ति कुनै पनि वास्ताका विषय थिएनन् | आस्थासंग जोडिएको यस्तो वेवास्था गर्ने उनीमात्र होइनन् | ब्यापारिक ठाउंको बीचमा रहेको त्यो मन्दिरलाई धर्मनिरपेक्षता, इसाईको विस्तारले निल्दैछैन, हाम्रो लोभी तथा लालची ब्यबहारले निल्दैछ |

ब्यापारिक ठाउंको बीचमा रहेको त्यो मन्दिरलाई धर्मनिरपेक्षता, इसाईको विस्तारले निल्दैछैन, हाम्रो लोभी तथा लालची ब्यबहारले निल्दैछ |

देशमा लाखौंलाख एस्ता ठूलासाना मन्दिरहरू छन्, धेरैजसोको एस्तै हविगत छ | हामी सरकार र पराई धार्मिहरूलाई दोष दिन खप्पिस छौं तर गोजीबाट केही दान निकालेर ती मन्दिरको जीर्णोद्धार गर्न तत्पर छैनौं | हाम्रो आस्था र विश्वासको सीमामा लोभ र लालचको विर्को लागेको छ | हामी 22,051,492 नेपाली हिन्दुहरूको गोजी सधैं मन्दिर, गुरुकुलजस्ता स्वधर्म, स्वसंस्कृति तथा इतिहासको रक्षा गर्ने, विकास गर्ने तथा प्रचारप्रसार गर्ने काममा संकुचित नै छ | नया बनाउने कुरा छोडौं, पूर्खाले बनाएर गएका हाम्रा मठमन्दिर, पाटी-पौवा जोगाउन हामी अग्रसर भयौं भने पनि अचम्म मानुपर्ने हुन्छ | सत्य तीतो हुन्छ र पोल्छ | सत्य यही हो |

नयाँ बनाउने कुरा छोडौं, पूर्खाले बनाएर गएका हाम्रा मठमन्दिर, पाटी-पौवा जोगाउन हामी अग्रसर भयौं भने पनि अचम्म मानुपर्ने हुन्छ |

जताततै भत्किएर खण्डहरमा परिणित हुँदै गएका मन्दिरहरू देखेर पनि तिनको जीर्णोद्धारका गर्न हामी हिन्दूहरू किन यतिबिध्न अनुदार छौँ ? मुस्लिम र इसाईले आफ्नो कमाईबाट अनिवार्यरुपमा १०% आफ्नो धार्मिक तथा सांस्कृतिक सुरक्षा गर्न र तेसको प्रवर्धन गर्न खर्च गर्छन् | तेसैले नेपालमा पनि चर्च र मस्जिदको सङ्ख्या बढिरहेको छ |

इसाईकरण भयो, मुस्लिमकरण भयो भनेर सार्वजनिक रोइलो गर्नको साटो “दशांश-दान”को वैदिक पद्धतिप्रति सर्वसाधारण र ब्यापारी हिन्दूहरूको ध्यानाकर्षण गरेर बृहत्तर कोष निर्माण गर्न सकें, हामी नेपालीको इतिहास भविष्यका लागि जोगिन सक्छ | खण्डहरमा रुपान्तरित हुँदै गएका मन्दिरहरूका असुरक्षित मूर्तिहरूको मुखमा लड्डु, पेडा कोच्दैमा र दश रुपैया भेटी चढाउँदैमा वैदिक धर्म, संस्कृति तथा विद्याको रक्षा हुँदैन |

खण्डहरमा रुपान्तरित हुँदै गएका मन्दिरहरूका असुरक्षित मूर्तिहरूको मुखमा लड्डु, पेडा कोच्दैमा र दश रुपैया भेटी चढाउँदैमा वैदिक धर्म, संस्कृति तथा विद्याको रक्षा हुँदैन |

जव कुनै चर्चमा कुनै प्रकारको भौतिक क्षति हुन्छ, चर्चका सबै सदस्यहरू त्यसकाे पुनर्निमाण गर्न जुट्छन् | मस्जिदका दैनिक वा हप्ताको एक पटक नमाज पढ्न जाने वा नजाने मुस्लिमले पनि सक्दो “जकात” दिएर तुरुन्त त्यसकाे सुरक्षा गर्छन् | मुस्लिम र इसाई समुदायका मानिसहरू आफ्नो मर्यादामा छन्, आफ्नो विस्तारका लागि उद्योग गरिरहेका छन्, त्यसैले तिनका गतिविधिहरू प्रभावशाली छन् | उनीहरूले कामगरिरहेका छन्, त्यसैले उनीहरू सफल भइरहेका छन् |

नेपाली इसाई र मुस्लिमहरू पनि हिन्दू र बौद्ध समुदायझैं विभिन्न राजनैतिक दलमा आस्था राख्छदछन् | तर आफ्नो धर्म र संस्कृतिको सवालमा सम्झौता गर्दैनन् | दलहरूसंग उनीहरूको सहकार्य तवसम्म रहन्छ, जवसम्म दलीय विचार, आचार उनीहरूको धार्मिकता विरुद्ध हुँदैन | उनीहरूले धर्मनिरपेक्षताको उपयोग समेत आफ्नो धार्मिक तथा सांस्कृतिक हितका लागि गरिरहेका छन् | उनीहरूका लागि धर्मनिरपेक्षता अगाडी बढ्ने साधन वनिरहेको छ भने हिन्दु-बौद्ध समाजका लागि बाध्यकारी उदारता | आफ्नो उदारताका कारण हामी रित्तिएका रित्तियै छौं, उनीहरू भरिपूर्ण हुँदैछन् | रीस गरेर केही हुन्न काम गर्नुपर्छ |

आफ्नो उदारताका कारण हामी रित्तिएका रित्तियै छौं, उनीहरू भरिपूर्ण हुँदैछन् |

काठमाडौँ उपत्यकालाई ‘मन्दिरको शहर’ भनेर चिनिन्छ | हरेक गली, टोल र गाउँमा एउटा ठूलो-सानो मन्दिर अवश्य छ | अनि, त्यो मन्दिरको इतिहास सम्वन्धित टोल वा गलीसंग जोडिएको छ | मन्दिरहरू वेवारिसे छन् | टोलवासीहरूले आफ्नो घर बनाउन करोड-करोड खर्च गर्छन् तर आफ्नै आँगनमा उभिएर मेरो “हिन्दु-बौद्ध” अस्तित्व प्रमाणित गर्न सहयोग गरिरहेको आफ्नै सभ्यता जोगाउन एउटा ईंटा दिन सक्दैनौं | हामी लोभी र लाचार छौँ | यदि हामीलाई आफ्नो धर्म-संस्कृति तथा इतिहास प्यारो भएको भए टोलको मन्दिर पनि आफ्नो घरझैं संरक्षित हुन्थ्यो | १०० बटा घर बनाउँदा १०० करोड खर्च हुन्छ | तेसको केवल ०.५% रकममात्र आँगनको मन्दिरमा खर्च गर्ने हो भने मन्दिर जोगिन्छन् !

हिन्दू-ब्यापारीहरू ठूलो भुँडी भएका गुरूको झोली भर्न हरहमेशा तयार देखिन्छन् | गुरुहरूलाई दान दिनुस् राम्रो कुरा हो तर तपाईंको टोलछिमेकको मन्दिर नष्ट भयो भने दोषी तपाईं/हामी हामी नै हुनेछौँ | आफ्नै टोलमा उभिएको आफ्नो धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक धरोहर मन्दिर नष्ट हुँदैगरेको नदेख्ने तर छिमेकी इसाईले चर्च बनायो भनेर रोइलो गर्नुको कुनै अर्थ छैन | उदेकलाग्दो कुरा के हो भने हामीमा मन्दिरमा ईंटा दान दिनुको सट्टा मन्दिरको ढुंगा उखेलेर आफ्नो घर बनाउने प्रबृत्ति मौलाएको छ |

आफ्नै टोलमा उभिएको आफ्नो धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक धरोहर मन्दिर नष्ट हुँदैगरेको नदेख्ने तर छिमेकी इसाईले चर्च बनायो भनेर रोइलो गर्नुको कुनै अर्थ छैन |

मैले एउटा भविष्य देखेको छु | टोलटोलका मन्दिरहरूको जीर्णोद्धार गर्न टोल-समितिहरू निर्मित भएका छन् | टोलमा बन्नेहरेक नयाँ वा पुराना घरहरूले अनिवार्यरूपमा मन्दिरको जीर्णोद्धारमा सहयोगी बन्नै पर्ने छ | युवा, महिला तथा महिलाहरूले यसको नेतृत्व गर्ने छन् | ती मन्दिरहरू सफा हुनेछन् र हिन्दू धर्म, संस्कृति तथा संस्कारका प्रशिक्षण केन्द्र हुनेछन् | हरेक मन्दिरको ढोकामा एउटा ताम्रपत्र उकेरिने छ, जसमा त्यस मन्दिरको इतिहाससहित जीर्णोद्धार गर्नेहरूको उल्लेख हुनेछ |

आउनुहाेस् हामी सबै मिलेर आफ्नो इतिहास, पहिचान र सभ्यता जोगाउन अग्रसर बनौँ | हामीले आफ्नो धर्म, संस्कृति, दर्शनको रक्षा नगरे अरू कसैले गर्दैन | हामी गर्न सक्छौं |

स्वस्ति अस्तु

 

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब