Author: हातमा खबर

अमेरिकी उपविदेशमन्त्री जिया काठमाडौंमा, यस्तो छ राजनीतिक भेटघाटको कार्यतालिका

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री एवं नागरिक, लोकतन्त्र र तिब्बत मामिला संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन् । शुक्रबार अपरान्ह उपविदेशमन्त्री जिया काठमाडौं आइपुगेकी हुन् । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपविदेशमन्त्री जियालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।