काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको राजनीतिक संकट समाधानका लागि सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेका छन् ।
बुधबार सामाजिक संजालमार्फत भट्टराईले एक वर्षभित्र निर्वाचन गर्ने गरी राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेका हुन् । उनले लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौंः १. धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं; २.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति; ३.साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू ४. एक वर्षभित्र चुनाव !’


प्रतिक्रिया