बायर्न जर्मन बुन्डेसलिगाको उपाधिनजिक


बायर्न म्युनिखले जर्मन बुण्डेश लिगा फुटबलको शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । ३० औ चरणको खेलमा गएराती वायर लिभरकुशेनलाई २–० ले हराउदै बायर्नले उपाधि यात्रा बलियो बनाएको हो ।

घरेलु मैदानमा बायर्नलाई जिताउन ईरिक म्याक्सीम र जोसुवा किमिचले एक एक गोल गरे । बायर्नले दुबै गोल खेलको सुरुवाती १५ मिनेट भित्रै गरेको थियो । सातौ मिनेटमा म्याक्सीमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । १३ औ मिनेटमा किमिचले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । लिभरकुशेनमाथी अधिकांश समय दबाब बनाएको बायर्नले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।

३० खेलबाट ७१ अंक जोडेको बायर्न शीर्ष स्थानमा बलियो बनेको हो ।गएराती नै दोस्रो स्थानको आरबी लाईपजिग एफसी क्लोनसंग २–१ ले स्तब्ध भयो । आर्मेनिया वेलफिल्ड साल्केसंग १–० ले पराजित हुदा, फ्रयाङकफर्टले अउक्सवर्गलाई २–० ले हरायो ।बुण्डेश लिगामा आज राती थप ४ खेल हुनेछन् ।