काठमाडौँ । सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै विरोधपत्र दर्ता गराएको छ ।
नवीन्द्राज जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङलगायत पार्टी केन्द्रीय समितिमा सोमबार दिउसो विरोध पत्र दर्ता गराएका हुन् ।
पार्टी सभापति देउवालाई सम्बोधन गरिएको विरोधपत्रमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया