सुन तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँ


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । आइतबार सुन तोलाको ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७१० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ७७० रुपैयाँ कायम भएको छ ।