काठमाडौँ । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा सवार हाल नामथर र वतन नखुलेका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
घटनास्थलमा उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स खटिएको छ। दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया