बझाङका र्‍यापर विकासको नयाँ गीत ‘आफू त हिँड्यो’


काठमाडौं । बझाङका र्‍यापर विकासले आफ्नो नयाँ डिजे गीत ‘आफू त हिँड्यो’ सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्युब च्यानल ‘र्‍यापर विकास’मार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गीतको निर्देशन र्‍यापर विकास स्वयंले गरेका छन् । गीतका शब्द, स्वर र संगीत पनि विकासकै रहेको छ । भिडियोमा टिका मगर, सुनिल बराल र जनक नेपालीलगायतको अभिनय रहेको छ ।

नेपाली र्‍याप संगीतलाई अगाडि बढाउने उद्देश्यसहित सक्रिय रहेका विकास युवापुस्तामाझ परिचित छन् । विभिन्न आलोचना र टिप्पणीका बाबजुद पनि उनले निरन्तर गीत तथा भिडियो सार्वजनिक गर्दै आएका छन् ।

‘आफू त हिँड्यो’ गीतको भिडियो निर्माणमा कलाकार तथा प्राविधिकसहित सम्पूर्ण टिमले मेहनत गरेको जनाइएको छ ।