रेशम चौधरीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, आयोगसँग लिखित जवाफ माग


काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको छ । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई हुन बोलाइएको छ । कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका थिए ।

टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भएकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।